बुधवार, 22 अगस्त 2012

देश देखि विदेश सम्म मुक्तिकामी आदिवासी,जनजाति र मधेशिहरू एक ढिका हुदैछन !

इ.स.२०१२-८-१९ आईतवार का दिन साउदी अरब स्थित "नेपाल आदिवासी जनजाति महासंघ-साउदी अरबिया" रियाद मा १८ औं विश्व आदिवासी दिवस भव्यता का साथ मनाएको छ ! प्रमुख अतिथि नेपाल बाट आएका प्राग्य श्री परशुराम तमांग ज्यू को कर-कमल बाट १८ वटा दीप प्रज्वलित गरी १८ औं विश्व आदिवासी दिवस २०१२ को उद्घाटन गरिएको थियो ! त्यसै गरी विभिन्न संघ संस्थाका पदाधिकारीहरु को उपस्थिति पनि संतोषजनक थियो भने सभा हल पनि खचाखच भरिएको थियो ! विशिष्ट अतिथि र विद्वजनहरु को मन्तव्य नेपालको राजनितिक अस्थिरता र देशको संकटकालीन अवस्था प्रति केन्द्रित थियो ! पहिचान सहित को संघियता,धर्म निरपेक्षता, स्वायतता, आत्म निर्णयको अधिकार र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता को लागि देश विदेशमा रहनु भएको सम्पूर्ण आदिवासी जनजातिहरु एक हौं भन्ने मुख्य नारा थियो ! त्यसै क्रममा "मिथिला एकता समाज-साउदी अरब" को अध्यक्ष श्री रुकेश कुमार शाह ज्यू को मन्तव्य यस प्रकार थियो की राज्य पक्ष बाट आदिवासी,जनजाति,महिला,मुश्लिम,लगाएत मधेशीहरु शोषित पीड़ित र उपेक्षित हुदै आईरहेका छन र राज्य संचालकहरुले हमरा स्वतंत्रता,अधिकार र भावना लाई कुल्चिदै आईरहेका छन त्यस प्रति हामी सबै एकजुट भैई शोषक शाषक विरुद्ध आवाज उठाउनु पर्छ अनि मात्र हामी आ-आफ्नो अधिकार सुनिश्चित गर्न सफल हुनेछों !

त्यसै क्रममा "मिथिला एकता समाज" को क़ानूनी सल्लाहकार एवं प्रवक्ता श्री प्रभात राय भट्ट ज्यू को मन्तव्य यस प्रकार थियो ! भाषा भेष धर्म संस्कृति सम्वंधित समुदाय,जातजाति र समाजको पहिचानरूपी गहना हो यसैको जगमा एउटा समाजको निर्माण भएको हुन्छ ! जून समाज र समुदायले आफ्नो भाषा भेष धर्म र संस्कृति को रक्षा गर्न सक्दैन त्यों समाज र समुदायको पतन हुन जान्छ र समाजको पतन को अर्थ हो देश को पतन तसर्थ हामीले आफ्नो भाषा भेष धर्म संस्कृति को रक्षा गर्नै पर्छ! नेपाल विविधता को देश हो यहाँ विभिन्न भाषा भेष धर्म संस्कृति कला कौशलता को विराट रूपहरु छन तसर्थ राज्य ले सबै भाषा भेष धर्म र कला संस्कृति को विकाश मा ध्यान दिनै पर्छ ! आफ्नो कला कौसलता देखाउन बाट कसैलाई वंचित राखियो भने उसले राष्ट्र लाई योगदान दिन सक्दैन र जून राष्ट्रले नागरिक को योगदान पाउन सक्दैन त्यों राष्ट्र विकाश पनि गर्न सक्दैन र एक दिन त्यों राष्ट्र को विनाश हुन जान्छ यति भन्दै वहाँ ले एउटा ह्रदय श्पर्शी कविता वाचन गर्नु भयो !

कविता:-

किन गर्छौ हामीलाई हाम्रो आफ्नै भूमिमा अपमान
हामीलाई पनि देऊ हाम्रो आफ्नो राष्ट्रिय पहिचान
हाम्रो भाषा भेष धर्म संस्कृतिलाई पनि गर सम्मान
हामीले पनि बढाउने छू हाम्रो देश नेपालको स्वाभिमान

कतिन्जेल सम्म आदिवासीलाई भन्छौ सुकुम्वासी
कतिन्जेल सम्म जनजातिलाई बनाई रख्छौ दासी
कतिन्जेल सम्म मधेशिलाई भन्छौ देशी विदेशी
राष्ट्रको हरेक निकायमा गर हमिहरुलाई पनि समावेशी

मधेश मै जन्मेका थिए अरनिको जस्ता महान चित्रकार
मिथिलाका विभूति हुन महाकवि विद्द्यापति जस्ता साहित्यकार
सिद्धार्थ गौतम बुद्ध बने भगवान यहाँ सीता भईन अवतार
आज त्यही मधेशिहरुको किन हुदैछ यहाँ तिरस्कार !!

          यो कविता को शब्द शब्दले सभा हल मा नया उर्जा थपिदै हल लाई गूंजमान बनाएका थिए !
 
त्यस पछि अनौपचारिक कार्यक्रम को सिलसिलामा मिथिला एकता समाजको सांस्कृतिक ग्रुपले मैथिलि भाषामा कीर्तन र झाँखी प्रदर्शन गरी सभामा आनन्दमयी वातावरणको सृजना गरेको थियो ! सभामा उपस्थित सम्पूर्ण स्रोतागन एवं दर्शक मिथिला को लोकप्रिय कला संस्कृति झलक देखेर मंत्रमुग्द्ध भएका थिए! आदिवासी दिवस को सुवसरमा मैथिलि कला संस्कृतिले जून मान मर्यादा र सम्मान पायो त्यसको लागी प्रवक्ता श्री प्रभात राय भट्ट ज्यू ले आदिवासी जनजाति महासंघ लाई धन्यबाद ज्ञापन गर्दै जनसमुदाय संग अपील गर्नु भयो की यो मंच बाट जून सौहार्दपूर्ण वातावरण सृजना भएको छ यो एउटा उदाहरण बन्न गएको छ र यसको आवश्यकता हाम्रो नेपाल मा छ ! कार्यक्रम को अंतमा मिथिला एकता समाज लाई "सम्मान-पत्र" द्वारा प्राग्य परशुराम ज्यूले समानित गर्नु भयो !!

                                 साथै २० तारीख सोमबारको दिन मिथिला एकता समाज को सांस्कृतिक ग्रुपले ईद को अवसर छोपी भातृत्व प्रेम सृजना गर्नको निमित मेलमिलाप
भोज को आयोजना गरेको थियो हिन्दू मुश्लिम पहाड़ी मधेशी सबै समुदाय बाट ३०० सय पहुनाहरू को उपस्थिति थियो !!

प्रेषक:- मिथिला एकता समाज (सुचना तथा संचार समिति)

शुक्रवार, 3 अगस्त 2012


मिथिला एकता समाज ( साउदी अरब-रियाद )

घोषणा पत्र :- २०६९-४-२६

साउदी अरबमा छरिएर रहेका मिथिलावासी युवाहरुलाई एकताबद्ध गर्नुको साथै रोजगारीका सिलशिलामा आएका सम्पूर्ण नेपालीहरु लाई पर्ण गएको समस्या समाधानको लागी पहल गर्ने उदेश्यका साथ गठित यो मिथिला एकता समाजले मिथिला को सारगर्भित एवं विराट संस्कृति ,गरिमामय पहिचान,मधुर मैथिलि भाषा र एतिहासिक सम्पदा को संरक्षण का लगी एकजुट भई सक्रिय रूपले कार्य सञ्चालन गर्ने प्रतिबद्धताका साथ साउदी अरब स्थित नेपाली राजदुतावास र यहाँ रहेका सम्पूर्ण नेपालीहरु द्द्वारा आ-आफ्नो ठाउ बाट गर्न सकने सहयोग र सलाह को अपेक्षा राख्दछौ !


हाम्रो मिथिला एकता समाजका उदेश्यहरू निम्नबमोजिम रह्नेछन :-
१. संस्कृति :- मिथिलाको सारगर्भित संस्कृतिको विकाश र संरक्षण गर्नको निमित परम्परागत संस्कृति लाई विश्वको रंगमंचमा मंचन गर्ने र गराउने !

२.मातृभाषा :-आफ्नो मातृभाषा को संरक्षण र विकाश का निमित मैथिलि युवाहरुलाई साहित्य,कला,संस्कृति प्रति जागरूक र सिर्जनशील बनाउन विभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्ने गराउने जस्तो की कवी समेलन,काव्यवाचन,गीत संगीत,नाटक र चेतनामुलक कार्यक्रमहरु गराई प्रतिभावान रंगकर्मी र रचनाकार लाई प्रोत्साहित र पुरस्कृत गर्ने !

३.सम्पदा:- मिथिला क्षेत्रका प्राकृतिक र कृतिम सम्पदाहरू लाई संरक्षण गरी केही मुख्य सम्पदाहरू लाई विश्व सम्पदा सुचिमा नामकरण गर्नको निमित यथासंभव प्रयास गर्ने जस मध्ये जनकपुर को जानकी मंदिर लाई पहिलो प्राथमिकता दिईनेछ !

४.पहिचान:- मिथिला क्षेत्रमा वसोवास गर्ने सम्पूर्ण मिथिलावासिहरू लाई आफ्नो मौलिक पहिचान प्रति सजग र संघर्षशील बनाउन प्रेरित गर्ने !

५.एकता :- आज सिंगो विश्वमा धर्म युद्ध,जातीय द्द्वन्द्ध र सांप्रदायिक दंगा भईरहेको वेला पनि हाम्रो मिथिला समाजमा अनेकता मा एकता झलकी रहेको छ ! यो हाम्रो गौरव को विषय हो ! यस एकता लाई बलियो र मजबूत बनाउन प्रयत्न गरिरहने !
६.भेष:- मनाब जीवनमा भेष एउटा अंग ढाकने साधन मात्र नभई मनाबको  सामाजिक पहिचान लाई पनि झलकाउदछ  ! त्यसै गरी हामी  मिथिलावासिको पहिरन धोती कुरता गमछा र  पाग अति लोकप्रिय र आरामदायिक पोषाक हो ! यो भेषले विश्व सामु हाम्रो अलग पहिचान झाल्काऊदछ ! तसर्थ यसलाई राष्ट्रिय पोषाक को ऐनमा मात्र सिमित नराखी ब्यवहार मा पनि लागु गराउने !
 ७.धर्म:- हाम्रो देश धर्म निरपेक्ष भई सकेको हुनाले सबै धर्म र धर्माव्लम्बीहरु  लाई उचित मान मर्यादा र सम्मान गर्ने ! मठ,मंदिर,मस्जिद,गिरिजाघर,कुण्ड
,तलाव,तपोवन,योगाश्रम र चाड पर्वमा कुनै किसिमको मतभेद नराखी एक अर्कालाई सघाउने प्रयत्न गर्ने !
८.सहयोग:- साउदी अरबमा रहेका सपूर्ण मिथिलावासी एवं नेपाली नागरिक माथि पर्ण गएको समस्याको लागी यस संस्था द्वारा सक्दो सहयोग प्रदान गरिने छ
९.वैदेशिक रोजगारिका लागी जनचेतना अभियान :-
(क) रोजगारिका लागि साउदी अरब आउने युवाहरुलाई रोजगारका प्रकृति बारे जानकारी गराउने र सम्बंधित कामका लागि चाहिने न्यूनतम योग्यता बारे परामर्श दिने !
(ख) वैदेशिक रोजगारीमा जानु पूर्व सम्बंधित मुलुकको बारेमा सामान्य वातावरण,हवापानी,ऐन-कानून,भाषा र कामको बारेमा जानकारी लिन प्रेरित गर्ने !
(ग) रोजगारीमा आउनु पूर्व भएको समझौता अनुसारको तलब सुबिधा उपलब्ध नभएमा सम्बंधित निकाय (विदेश पठाएको MENPOWER र सम्बंधित राजदुतावास)मा तुरंत संपर्क राख्न प्रेरित गर्ने !
(घ) आपतविपत परिआएको खंडमा नेपाली राजदुतावास वा मिथिला एकता समाज संग यथासंभव संपर्कमा आउन वा जानकारी गराउन ध्यानाकर्षण गर्ने !
१०.उद्धार :-
(क) रोजगारीमा आउनु पूर्व गरिएको समझौता पत्र (agreement)अनुसारको काम र पारिश्रमिक नपाएको सुचना प्राप्त भएको अधारमा सम्बंधित विदेश पठाउने menpower र रोजगारदाता संग संपर्क गरी समझौता वमोजिम सुविधा र पारिश्रमिक उपलब्ध गराउन पहल गर्ने !
(ख) रोजगारिका लागि विदेश जांदा विदेश पठाउने सम्बंधित menpower कम्पनीले अर्थात ढ़ाटी फरक किसिमको काम र सुविधा देखाई पठाएको परमानित भएमा सम्पूर्ण क्षतिपूर्ति सम्बंधित menpower कम्पनीले ब्य्होरने गरी आएको ३ महिना भित्र यथाशीघ्र नेपाल पठाउने पहल गर्ने !
(ग) साउदी अरबको कारागारमा वर्षों देखि वन्दी जीवन गुजारीरहेको मिथिलावासी एवं नेपालीहरुको उद्धारको लागि साउदी अरब स्थित नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयको ध्यानाकर्ष्ण गराउने !
(घ) यस मिथिला एकता समाज लाई प्राप्त सुचनाको आधारमा विभिन्न दुर्घटनामा परी मृत्यु भएका नेपालीहरुको मृत शरिर (शव) विभिन्न कारन वस महीनौ देखि अलपत्र परिरहेका छन ! जे जसरी मृत्यु भएको भएपनि प्रक्रिया पुर्याई सम्बंधित निकाय नेपाली राजदुतावास संग संपर्क गरी मृत शरिर लाई उसको घर-परिवार सम्म पुर्याउन र उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने !
११.राजदुतावास संगको सहकार्य :-
(क) हाम्रो संस्था मिथिला एकता समाज द्द्वारा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम को जानकारी साउदी अरब स्थित नेपाली राजदुतावास लाई गराई सो को आधारमा आवश्यक क़ानूनी सहयोग,सलाह र परामर्श लीइनेछ !
(ख) रोजगारीको सिलसिलामा आएका नेपाली (महिला-पुरुष) कामदारलाई परेको समस्याको समाधानको लागि यहाँ को सरकार संग आवश्यक कूटनैतिक सहयोग र परामर्शको लागि दूतावास संग सहकार्य गरिने छ
१२.सुचना तथा संचार :-
(क) साउदी अरबमा भएका मिथिलावासी एवं सम्पूर्ण अप्रवासी नेपालीहरु लाई नेपाल को महत्वपूर्ण गतिविधि र मुख्य समाचारहरु सामाजिक संजाल जस्तै:-facebook, web site र मिथिला एकता समाजको ब्लॉग www.mithilaektasamaj.blogspot.com
मार्फ़त जानकारी गराईनेछ !
(ख)यस मुलुकमा नेपालीहरु संग सम्बंधित घटना,दुर्घटना को बारेमा नेपालमा रहेका राष्ट्रिय संचार माध्यम द्वारा प्रसारण गराउने प्रयत्न गरिनेछ !
(ग)यस मुलुकमा नेपाली संघ संस्था द्वारा कुनै पनि किसिमको औपचारिक वा अनौपचारिक कार्यक्रम को आयोजना भएमा विभिन्न पत्र पत्रिका वा संचार माध्यम वा सामाजिक संजाल द्वारा सबैलाई जानकारी गराउने प्रयत्न गरिनेछ !
१३.दाईजो प्रथाको उन्मूलन तथा भूर्ण हत्याको रोकथाम :-
विश्व जगत २१औं सताब्धिमा चलिरहेको अवस्थामा पनि हाम्रो समाज संकुचित र संकीर्ण मानसिकता बाट अलग हून नसकि दाईजो प्रथालाई आफ्नो शान र प्रतिष्ठा ठानी यस प्रथालाई बढ़ाबा दिरहेको छ ! तुलनात्मक रुपमा नेपालको विभिन्न ठाऊ मध्य मिथिला लगाएत मधेशी समाजमा यसले जरानै गाड़ी सकेको पाईन्छ जसको कारन धनि गरीब छोरा-छोरी श्रीमान श्रीमती विचको विभेदकारी दुरी अझ बढ़ने अबस्था देखिन्छ ! दाईजो कै कारन विवाह पश्चात् पनि एउटा स्वच्छ स्त्री आफनै श्रीमान,घरपरिवार,आफन्त र समाज बाटै अपहेलित र घृणित बन्न पुग्छे ! भने कतिपय यस्तो पनि सुन्न पाईन्छ दाईजो कै कारन बुहारी को हत्या गरिएको र कतिपयले अपहेलना को कारन आत्म हत्या गर्न बाध्यात्मक स्थिति आएको पाईन्छ !
दाईजो कै कारन भूर्ण पहिचान गरी छोरी भएमा भूर्ण हत्या र छोरी जन्मिएमा शिशु हत्या सम्मका गंभीर अपराधले बढ़ाबा पाउने गरेका छन ! यदि समय मै यसलाई रोक्न सकिएन भने भोली नारी माथिको दमन अत्याचारको साथै हाम्रो समाजमा सृष्टी सृजन गर्ने आमहरुको आभाव हुन सक्छ !जस बाट सृष्टी संचालन मा अवरोध नहोला भन्न सकिन्न !
यस संकीर्ण र संकुचित प्रथाको अन्त्यगर्न को लागि आज को युवा वर्गले मुख्य जिम्मेवारी वहन गरी आफै बाट दईजो प्रथालाई निरुत्साहित गर्नु अपरिहार्य छ ! जसका लागि यो संस्था मिथिला एकता समाजले (दहेज़ मुक्त मिथिला) संस्था संग सहकार्य गर्ने पूर्ण प्रतिवद्धता जनाउदछ !
१४.अन्तत: यस पवित्र मिथिला एकता समाजलाई सदैब क्रियाशील बनाईरहनको लागि भ्रष्टाचार मुक्त र राजनितिक मुक्त संस्थाको रुपमा संचालन गरिने प्रतिबद्धता जनाउदछ !
-: समाप्त:-