बुधवार, 22 अगस्त 2012

देश देखि विदेश सम्म मुक्तिकामी आदिवासी,जनजाति र मधेशिहरू एक ढिका हुदैछन !

इ.स.२०१२-८-१९ आईतवार का दिन साउदी अरब स्थित "नेपाल आदिवासी जनजाति महासंघ-साउदी अरबिया" रियाद मा १८ औं विश्व आदिवासी दिवस भव्यता का साथ मनाएको छ ! प्रमुख अतिथि नेपाल बाट आएका प्राग्य श्री परशुराम तमांग ज्यू को कर-कमल बाट १८ वटा दीप प्रज्वलित गरी १८ औं विश्व आदिवासी दिवस २०१२ को उद्घाटन गरिएको थियो ! त्यसै गरी विभिन्न संघ संस्थाका पदाधिकारीहरु को उपस्थिति पनि संतोषजनक थियो भने सभा हल पनि खचाखच भरिएको थियो ! विशिष्ट अतिथि र विद्वजनहरु को मन्तव्य नेपालको राजनितिक अस्थिरता र देशको संकटकालीन अवस्था प्रति केन्द्रित थियो ! पहिचान सहित को संघियता,धर्म निरपेक्षता, स्वायतता, आत्म निर्णयको अधिकार र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता को लागि देश विदेशमा रहनु भएको सम्पूर्ण आदिवासी जनजातिहरु एक हौं भन्ने मुख्य नारा थियो ! त्यसै क्रममा "मिथिला एकता समाज-साउदी अरब" को अध्यक्ष श्री रुकेश कुमार शाह ज्यू को मन्तव्य यस प्रकार थियो की राज्य पक्ष बाट आदिवासी,जनजाति,महिला,मुश्लिम,लगाएत मधेशीहरु शोषित पीड़ित र उपेक्षित हुदै आईरहेका छन र राज्य संचालकहरुले हमरा स्वतंत्रता,अधिकार र भावना लाई कुल्चिदै आईरहेका छन त्यस प्रति हामी सबै एकजुट भैई शोषक शाषक विरुद्ध आवाज उठाउनु पर्छ अनि मात्र हामी आ-आफ्नो अधिकार सुनिश्चित गर्न सफल हुनेछों !

त्यसै क्रममा "मिथिला एकता समाज" को क़ानूनी सल्लाहकार एवं प्रवक्ता श्री प्रभात राय भट्ट ज्यू को मन्तव्य यस प्रकार थियो ! भाषा भेष धर्म संस्कृति सम्वंधित समुदाय,जातजाति र समाजको पहिचानरूपी गहना हो यसैको जगमा एउटा समाजको निर्माण भएको हुन्छ ! जून समाज र समुदायले आफ्नो भाषा भेष धर्म र संस्कृति को रक्षा गर्न सक्दैन त्यों समाज र समुदायको पतन हुन जान्छ र समाजको पतन को अर्थ हो देश को पतन तसर्थ हामीले आफ्नो भाषा भेष धर्म संस्कृति को रक्षा गर्नै पर्छ! नेपाल विविधता को देश हो यहाँ विभिन्न भाषा भेष धर्म संस्कृति कला कौशलता को विराट रूपहरु छन तसर्थ राज्य ले सबै भाषा भेष धर्म र कला संस्कृति को विकाश मा ध्यान दिनै पर्छ ! आफ्नो कला कौसलता देखाउन बाट कसैलाई वंचित राखियो भने उसले राष्ट्र लाई योगदान दिन सक्दैन र जून राष्ट्रले नागरिक को योगदान पाउन सक्दैन त्यों राष्ट्र विकाश पनि गर्न सक्दैन र एक दिन त्यों राष्ट्र को विनाश हुन जान्छ यति भन्दै वहाँ ले एउटा ह्रदय श्पर्शी कविता वाचन गर्नु भयो !

कविता:-

किन गर्छौ हामीलाई हाम्रो आफ्नै भूमिमा अपमान
हामीलाई पनि देऊ हाम्रो आफ्नो राष्ट्रिय पहिचान
हाम्रो भाषा भेष धर्म संस्कृतिलाई पनि गर सम्मान
हामीले पनि बढाउने छू हाम्रो देश नेपालको स्वाभिमान

कतिन्जेल सम्म आदिवासीलाई भन्छौ सुकुम्वासी
कतिन्जेल सम्म जनजातिलाई बनाई रख्छौ दासी
कतिन्जेल सम्म मधेशिलाई भन्छौ देशी विदेशी
राष्ट्रको हरेक निकायमा गर हमिहरुलाई पनि समावेशी

मधेश मै जन्मेका थिए अरनिको जस्ता महान चित्रकार
मिथिलाका विभूति हुन महाकवि विद्द्यापति जस्ता साहित्यकार
सिद्धार्थ गौतम बुद्ध बने भगवान यहाँ सीता भईन अवतार
आज त्यही मधेशिहरुको किन हुदैछ यहाँ तिरस्कार !!

          यो कविता को शब्द शब्दले सभा हल मा नया उर्जा थपिदै हल लाई गूंजमान बनाएका थिए !
 
त्यस पछि अनौपचारिक कार्यक्रम को सिलसिलामा मिथिला एकता समाजको सांस्कृतिक ग्रुपले मैथिलि भाषामा कीर्तन र झाँखी प्रदर्शन गरी सभामा आनन्दमयी वातावरणको सृजना गरेको थियो ! सभामा उपस्थित सम्पूर्ण स्रोतागन एवं दर्शक मिथिला को लोकप्रिय कला संस्कृति झलक देखेर मंत्रमुग्द्ध भएका थिए! आदिवासी दिवस को सुवसरमा मैथिलि कला संस्कृतिले जून मान मर्यादा र सम्मान पायो त्यसको लागी प्रवक्ता श्री प्रभात राय भट्ट ज्यू ले आदिवासी जनजाति महासंघ लाई धन्यबाद ज्ञापन गर्दै जनसमुदाय संग अपील गर्नु भयो की यो मंच बाट जून सौहार्दपूर्ण वातावरण सृजना भएको छ यो एउटा उदाहरण बन्न गएको छ र यसको आवश्यकता हाम्रो नेपाल मा छ ! कार्यक्रम को अंतमा मिथिला एकता समाज लाई "सम्मान-पत्र" द्वारा प्राग्य परशुराम ज्यूले समानित गर्नु भयो !!

                                 साथै २० तारीख सोमबारको दिन मिथिला एकता समाज को सांस्कृतिक ग्रुपले ईद को अवसर छोपी भातृत्व प्रेम सृजना गर्नको निमित मेलमिलाप
भोज को आयोजना गरेको थियो हिन्दू मुश्लिम पहाड़ी मधेशी सबै समुदाय बाट ३०० सय पहुनाहरू को उपस्थिति थियो !!

प्रेषक:- मिथिला एकता समाज (सुचना तथा संचार समिति)

कोई टिप्पणी नहीं:

एक टिप्पणी भेजें