बुधवार, 12 सितंबर 2012

अधिकार नदिने हो भने स्वतंत्रता देऊ@प्रभात राय भट्ट



नेपाल को राजनीति भुमंडलमा दोहरो चरित्र भएका नेताहरुको चरितार्थ बाट सिधासोझा गरिब र निमुखा मधेशी जनताहरु पटक पटक ठगिएको छ नेपालको उदयकाल देखि हाल सम्म मधेशी जनताहरु माथि विभेदपूर्ण एन नीति नियम र असमानता को कानुन बनाई मधेशीहरु लाई नागरिक अधिकार बाट टाढा राखिएको छ ! नेपाल र भारत एउटै समय मा स्वतन्त्रता प्राप्त गरेकाहुन सन् १९४७ मा भारतले अंग्रेज लाई परास्त गरि स्वतन्त्रता प्राप्त गर्यो यता नेपाल ले बि.स.२००७ मा राना शाशन लाई प्रस्ट गरि संबैधानिक प्रजातन्त्रको स्थापना गर्यो ! भारत क जनता र नेताहरु इमान्दार एवं कर्मनिष्ठ भएका हुनाले आज संसारको हरेक रंगमंचमा आफ्नो सम्पन र समृद्ध प्रतिभाको मन्चन गरि सकेका छन् भने नेपालका राजनीति नेतृत्व र नेपाली जनता संकीर्ण र संकालू मानसिकताले कुण्ठित हुदै आईरहेका छन् ! मधेशी लाई आफ्नो प्रतिभा देखाउन बाट वन्चित गरेका छन् जसले गर्दा नेपालको शब्दकोष मा उनती प्रगति र विकाश भन्ने शब्द विलिन भैसकेको छ र नेपाल दिनानुदिन अवउनोती को रसातलमा पतन हुने तिर तिब्र गतिले लम्किदै गईरहेको छ ! जसको प्रमुख कारण हो नेपाली राजनेताहरु को स्वार्थलिप्सा र यिनीहरुको नेतृत्व उच्चवर्गीय समन्तिबाद हरु बाट नै प्रवाहित भएको देखिन्छन !
कस्तो अचम्भ लाग्ने कुरा छ भने देशको कुल जनसंख्या को लगभग २० प्रतिसत मात्र रहेका पहाडिया बाहुन छेत्रीहरुले सम्पूर्ण देश माथि बदनियतपूर्ण मनसायले एकलौटी कब्जा गरेका छन् बाँकि रहेको ८० प्रतिसत नेपाली जनता दास र दासी को जीवन गुजार्न बाध्य छन् ! आदिवासी जनजाती पिछडा वर्ग लगायत देशकै कुल जनसंख्याको ५२ प्रतिसत रहेको मधेशी समुदाय समेत अल्पसंख्यक खस सामन्तीहरुको दासत्व स्वीकार्न बाध्य छन् ! पहिलो पल्ट मधेशी जनताहरुले खस सामन्तीहरुको विरुद्धमा ६२/६३ को जनआन्दोलन देस ब्यापीरुपमा गर्यो र आन्दोलन निर्णायक तह सम्म पुग्ने वेलामा दोहरो चरित्र बोकेका नेताहरुले मधेश मुद्दा लाई सम्बोधन गरेर आन्दोलन लाई ओझेलमा पारिदियो ! नत्र आज मधेशीले राज्य संग दयाको भिखमांगने अबस्था रहदैनथ्यो ! यथास्थितिबाद का संग्रक्षकहरुले मधेशीहरु लाई जन्मशिद्ध अधिकार र राष्ट्रिय पहुँच बाट दिर्घकाल सम्म टाढा राख्ने सुनियोजित चलखेलमा लागिपरेका छन ! मधेशीले आफ्नो अधिकार मांग्दा राष्ट्रघाती मांग हो भनेर वहिस्कार गर्दछन ! मधेशी नेताले मधेशीहरुको राष्ट्रिय पहिचान बनाउन खोज्दा राष्ट्रद्रोह को अभ्योग खेप्नु परेको छ मधेशी नेताले मधेशी जनताको मर्म दुख सरकार सम्म पुर्याउन लाई एक वर्ष कुड़दा पनि पालो पाउदैन यस्ता अनेक किसिमका समस्या मधेशीहरुले सामना गर्नु परेको छ !
लोकतन्त्र नेपालको अन्तरिम संविधानले आदेस गरे बमोजिम नेपाली सेना लाई पुनर्संरचना गरि राष्ट्रिय सेना बनाउने र १०००० हजार मधेशी लाई सेनामा समुहगत समावेशी गराउने पारित भएको थियो ! र जब आज त्यो समय आयो त्यसपछि दोहरो चरित्रका पृष्ठपोषकहरुले मधेशी लाई सेनामा समायोजन प्रक्रिया लाई राष्ट्रघाती को संज्ञा दिई अपमानित गरिरहेको छ ! धेरै कसरत हुदाहुदै अन्तिम मा मधेशी लाई सेनामा हाल रिक्त रहेको तिन हजार संख्या मा मात्र समायोजन गर्ने निर्णय मन्त्रि परिसद बाट पारित भयो ! मधेशी हरु यसलाई पनि सकारात्मक पक्ष नै मान्यो तर उच्चवर्गीय छ्द्म्भेदी सामन्तीहरु मधेशी लाई सेनामा समायोजन गर्ने विषय लाई पटक पटक राष्ट्रघाती भन्दै नाटकीय राष्ट्रवाद को मुदा उठाएर चर्को विरोद्ध गर्न उद्धत भएका छन !
जनसंख्याको आधारमा २०प्रतिसत मात्र रहेको बाहुन क्षेत्री नेपाल सेनामा ३४००० हजारको संख्यामा छन भने ५२ प्रतिसत रहेको मधेशी नेपाल सेनामा नगन्य संख्यामा छन ! यदि मधेसी लाई मधेशको पहिचान सहित सेनामा समावेशीकरण गर्ने कदम राष्ट्रघाती हो भने मधेशी को यो राष्ट्र हुदै होइन भने तथ्य प्रस्ट झल्किन्छ !यदि मधेशी लाई जन्मसिद्ध अधिकार,मौलिक हक, समानताको सु-अवसर र मधेश झल्किने खालको राष्ट्रिय पहिचान दिन सक्दैन भने मधेशको भुमि र मधेशी जनतालाई स्वतन्त्र गर्दिनु पर्छ ! अन्यथा मधेशीहरुले बाध्य भएर देश व्यापी रुपमा भिषण आन्दोलन गर्नेछन र देशले ठुलो छती व्योहोर्नु पर्छ !
आफ्नै भुमिमा मधेशी जनताहरु माथि परतन्त्र शाषक को विभेदपूर्ण शाशकीय पद्धति असहनीय भइसकेको छ ! देसको मेरुदण्ड भन्ने व्यबस्थापिका, कार्यपालिका र न्यायपालिका यो तिन वटै निकायले मधेशीहरु माथि विभेदपूर्ण र उपेक्षाकृत व्यवहार देखाउन कुनै कसर बाँकि राखेको छैन ! देस को सम्पूर्ण अर्थतन्त्र को ७८ प्रतिसत अर्थ मधेश बाट पुरा हुन्छ मधेश अर्थतन्त्र को मेरुदण्ड हो,मधेश आर्थिक सम्पनताको मूल स्रोत हो तर मधेशी जनताको जीवन दयनीय छन ! देस लाई मधेश को उर्वरभूमि चाहियो,मलिला माटो फाटीला खेत चाहियो तर मधेशी जनता चाहिएन ! राज्यले मधेशी को जगा धन सम्पति लुटेर भुखा निमुखा गरिबी र दरिद्रता को सिकार बनाइएको छ ! मधेशी को जीवन स्तर एउटा नारकीय जीवन भन्दा कम भन्न मिल्दैन !
लेखक:-प्रभात राय भट्ट

बुधवार, 22 अगस्त 2012

देश देखि विदेश सम्म मुक्तिकामी आदिवासी,जनजाति र मधेशिहरू एक ढिका हुदैछन !

इ.स.२०१२-८-१९ आईतवार का दिन साउदी अरब स्थित "नेपाल आदिवासी जनजाति महासंघ-साउदी अरबिया" रियाद मा १८ औं विश्व आदिवासी दिवस भव्यता का साथ मनाएको छ ! प्रमुख अतिथि नेपाल बाट आएका प्राग्य श्री परशुराम तमांग ज्यू को कर-कमल बाट १८ वटा दीप प्रज्वलित गरी १८ औं विश्व आदिवासी दिवस २०१२ को उद्घाटन गरिएको थियो ! त्यसै गरी विभिन्न संघ संस्थाका पदाधिकारीहरु को उपस्थिति पनि संतोषजनक थियो भने सभा हल पनि खचाखच भरिएको थियो ! विशिष्ट अतिथि र विद्वजनहरु को मन्तव्य नेपालको राजनितिक अस्थिरता र देशको संकटकालीन अवस्था प्रति केन्द्रित थियो ! पहिचान सहित को संघियता,धर्म निरपेक्षता, स्वायतता, आत्म निर्णयको अधिकार र समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता को लागि देश विदेशमा रहनु भएको सम्पूर्ण आदिवासी जनजातिहरु एक हौं भन्ने मुख्य नारा थियो ! त्यसै क्रममा "मिथिला एकता समाज-साउदी अरब" को अध्यक्ष श्री रुकेश कुमार शाह ज्यू को मन्तव्य यस प्रकार थियो की राज्य पक्ष बाट आदिवासी,जनजाति,महिला,मुश्लिम,लगाएत मधेशीहरु शोषित पीड़ित र उपेक्षित हुदै आईरहेका छन र राज्य संचालकहरुले हमरा स्वतंत्रता,अधिकार र भावना लाई कुल्चिदै आईरहेका छन त्यस प्रति हामी सबै एकजुट भैई शोषक शाषक विरुद्ध आवाज उठाउनु पर्छ अनि मात्र हामी आ-आफ्नो अधिकार सुनिश्चित गर्न सफल हुनेछों !

त्यसै क्रममा "मिथिला एकता समाज" को क़ानूनी सल्लाहकार एवं प्रवक्ता श्री प्रभात राय भट्ट ज्यू को मन्तव्य यस प्रकार थियो ! भाषा भेष धर्म संस्कृति सम्वंधित समुदाय,जातजाति र समाजको पहिचानरूपी गहना हो यसैको जगमा एउटा समाजको निर्माण भएको हुन्छ ! जून समाज र समुदायले आफ्नो भाषा भेष धर्म र संस्कृति को रक्षा गर्न सक्दैन त्यों समाज र समुदायको पतन हुन जान्छ र समाजको पतन को अर्थ हो देश को पतन तसर्थ हामीले आफ्नो भाषा भेष धर्म संस्कृति को रक्षा गर्नै पर्छ! नेपाल विविधता को देश हो यहाँ विभिन्न भाषा भेष धर्म संस्कृति कला कौशलता को विराट रूपहरु छन तसर्थ राज्य ले सबै भाषा भेष धर्म र कला संस्कृति को विकाश मा ध्यान दिनै पर्छ ! आफ्नो कला कौसलता देखाउन बाट कसैलाई वंचित राखियो भने उसले राष्ट्र लाई योगदान दिन सक्दैन र जून राष्ट्रले नागरिक को योगदान पाउन सक्दैन त्यों राष्ट्र विकाश पनि गर्न सक्दैन र एक दिन त्यों राष्ट्र को विनाश हुन जान्छ यति भन्दै वहाँ ले एउटा ह्रदय श्पर्शी कविता वाचन गर्नु भयो !

कविता:-

किन गर्छौ हामीलाई हाम्रो आफ्नै भूमिमा अपमान
हामीलाई पनि देऊ हाम्रो आफ्नो राष्ट्रिय पहिचान
हाम्रो भाषा भेष धर्म संस्कृतिलाई पनि गर सम्मान
हामीले पनि बढाउने छू हाम्रो देश नेपालको स्वाभिमान

कतिन्जेल सम्म आदिवासीलाई भन्छौ सुकुम्वासी
कतिन्जेल सम्म जनजातिलाई बनाई रख्छौ दासी
कतिन्जेल सम्म मधेशिलाई भन्छौ देशी विदेशी
राष्ट्रको हरेक निकायमा गर हमिहरुलाई पनि समावेशी

मधेश मै जन्मेका थिए अरनिको जस्ता महान चित्रकार
मिथिलाका विभूति हुन महाकवि विद्द्यापति जस्ता साहित्यकार
सिद्धार्थ गौतम बुद्ध बने भगवान यहाँ सीता भईन अवतार
आज त्यही मधेशिहरुको किन हुदैछ यहाँ तिरस्कार !!

          यो कविता को शब्द शब्दले सभा हल मा नया उर्जा थपिदै हल लाई गूंजमान बनाएका थिए !
 
त्यस पछि अनौपचारिक कार्यक्रम को सिलसिलामा मिथिला एकता समाजको सांस्कृतिक ग्रुपले मैथिलि भाषामा कीर्तन र झाँखी प्रदर्शन गरी सभामा आनन्दमयी वातावरणको सृजना गरेको थियो ! सभामा उपस्थित सम्पूर्ण स्रोतागन एवं दर्शक मिथिला को लोकप्रिय कला संस्कृति झलक देखेर मंत्रमुग्द्ध भएका थिए! आदिवासी दिवस को सुवसरमा मैथिलि कला संस्कृतिले जून मान मर्यादा र सम्मान पायो त्यसको लागी प्रवक्ता श्री प्रभात राय भट्ट ज्यू ले आदिवासी जनजाति महासंघ लाई धन्यबाद ज्ञापन गर्दै जनसमुदाय संग अपील गर्नु भयो की यो मंच बाट जून सौहार्दपूर्ण वातावरण सृजना भएको छ यो एउटा उदाहरण बन्न गएको छ र यसको आवश्यकता हाम्रो नेपाल मा छ ! कार्यक्रम को अंतमा मिथिला एकता समाज लाई "सम्मान-पत्र" द्वारा प्राग्य परशुराम ज्यूले समानित गर्नु भयो !!

                                 साथै २० तारीख सोमबारको दिन मिथिला एकता समाज को सांस्कृतिक ग्रुपले ईद को अवसर छोपी भातृत्व प्रेम सृजना गर्नको निमित मेलमिलाप
भोज को आयोजना गरेको थियो हिन्दू मुश्लिम पहाड़ी मधेशी सबै समुदाय बाट ३०० सय पहुनाहरू को उपस्थिति थियो !!

प्रेषक:- मिथिला एकता समाज (सुचना तथा संचार समिति)

शुक्रवार, 3 अगस्त 2012


मिथिला एकता समाज ( साउदी अरब-रियाद )

घोषणा पत्र :- २०६९-४-२६

साउदी अरबमा छरिएर रहेका मिथिलावासी युवाहरुलाई एकताबद्ध गर्नुको साथै रोजगारीका सिलशिलामा आएका सम्पूर्ण नेपालीहरु लाई पर्ण गएको समस्या समाधानको लागी पहल गर्ने उदेश्यका साथ गठित यो मिथिला एकता समाजले मिथिला को सारगर्भित एवं विराट संस्कृति ,गरिमामय पहिचान,मधुर मैथिलि भाषा र एतिहासिक सम्पदा को संरक्षण का लगी एकजुट भई सक्रिय रूपले कार्य सञ्चालन गर्ने प्रतिबद्धताका साथ साउदी अरब स्थित नेपाली राजदुतावास र यहाँ रहेका सम्पूर्ण नेपालीहरु द्द्वारा आ-आफ्नो ठाउ बाट गर्न सकने सहयोग र सलाह को अपेक्षा राख्दछौ !


हाम्रो मिथिला एकता समाजका उदेश्यहरू निम्नबमोजिम रह्नेछन :-
१. संस्कृति :- मिथिलाको सारगर्भित संस्कृतिको विकाश र संरक्षण गर्नको निमित परम्परागत संस्कृति लाई विश्वको रंगमंचमा मंचन गर्ने र गराउने !

२.मातृभाषा :-आफ्नो मातृभाषा को संरक्षण र विकाश का निमित मैथिलि युवाहरुलाई साहित्य,कला,संस्कृति प्रति जागरूक र सिर्जनशील बनाउन विभिन्न किसिमको कार्यक्रमहरुको आयोजना गर्ने गराउने जस्तो की कवी समेलन,काव्यवाचन,गीत संगीत,नाटक र चेतनामुलक कार्यक्रमहरु गराई प्रतिभावान रंगकर्मी र रचनाकार लाई प्रोत्साहित र पुरस्कृत गर्ने !

३.सम्पदा:- मिथिला क्षेत्रका प्राकृतिक र कृतिम सम्पदाहरू लाई संरक्षण गरी केही मुख्य सम्पदाहरू लाई विश्व सम्पदा सुचिमा नामकरण गर्नको निमित यथासंभव प्रयास गर्ने जस मध्ये जनकपुर को जानकी मंदिर लाई पहिलो प्राथमिकता दिईनेछ !

४.पहिचान:- मिथिला क्षेत्रमा वसोवास गर्ने सम्पूर्ण मिथिलावासिहरू लाई आफ्नो मौलिक पहिचान प्रति सजग र संघर्षशील बनाउन प्रेरित गर्ने !

५.एकता :- आज सिंगो विश्वमा धर्म युद्ध,जातीय द्द्वन्द्ध र सांप्रदायिक दंगा भईरहेको वेला पनि हाम्रो मिथिला समाजमा अनेकता मा एकता झलकी रहेको छ ! यो हाम्रो गौरव को विषय हो ! यस एकता लाई बलियो र मजबूत बनाउन प्रयत्न गरिरहने !
६.भेष:- मनाब जीवनमा भेष एउटा अंग ढाकने साधन मात्र नभई मनाबको  सामाजिक पहिचान लाई पनि झलकाउदछ  ! त्यसै गरी हामी  मिथिलावासिको पहिरन धोती कुरता गमछा र  पाग अति लोकप्रिय र आरामदायिक पोषाक हो ! यो भेषले विश्व सामु हाम्रो अलग पहिचान झाल्काऊदछ ! तसर्थ यसलाई राष्ट्रिय पोषाक को ऐनमा मात्र सिमित नराखी ब्यवहार मा पनि लागु गराउने !
 ७.धर्म:- हाम्रो देश धर्म निरपेक्ष भई सकेको हुनाले सबै धर्म र धर्माव्लम्बीहरु  लाई उचित मान मर्यादा र सम्मान गर्ने ! मठ,मंदिर,मस्जिद,गिरिजाघर,कुण्ड
,तलाव,तपोवन,योगाश्रम र चाड पर्वमा कुनै किसिमको मतभेद नराखी एक अर्कालाई सघाउने प्रयत्न गर्ने !
८.सहयोग:- साउदी अरबमा रहेका सपूर्ण मिथिलावासी एवं नेपाली नागरिक माथि पर्ण गएको समस्याको लागी यस संस्था द्वारा सक्दो सहयोग प्रदान गरिने छ
९.वैदेशिक रोजगारिका लागी जनचेतना अभियान :-
(क) रोजगारिका लागि साउदी अरब आउने युवाहरुलाई रोजगारका प्रकृति बारे जानकारी गराउने र सम्बंधित कामका लागि चाहिने न्यूनतम योग्यता बारे परामर्श दिने !
(ख) वैदेशिक रोजगारीमा जानु पूर्व सम्बंधित मुलुकको बारेमा सामान्य वातावरण,हवापानी,ऐन-कानून,भाषा र कामको बारेमा जानकारी लिन प्रेरित गर्ने !
(ग) रोजगारीमा आउनु पूर्व भएको समझौता अनुसारको तलब सुबिधा उपलब्ध नभएमा सम्बंधित निकाय (विदेश पठाएको MENPOWER र सम्बंधित राजदुतावास)मा तुरंत संपर्क राख्न प्रेरित गर्ने !
(घ) आपतविपत परिआएको खंडमा नेपाली राजदुतावास वा मिथिला एकता समाज संग यथासंभव संपर्कमा आउन वा जानकारी गराउन ध्यानाकर्षण गर्ने !
१०.उद्धार :-
(क) रोजगारीमा आउनु पूर्व गरिएको समझौता पत्र (agreement)अनुसारको काम र पारिश्रमिक नपाएको सुचना प्राप्त भएको अधारमा सम्बंधित विदेश पठाउने menpower र रोजगारदाता संग संपर्क गरी समझौता वमोजिम सुविधा र पारिश्रमिक उपलब्ध गराउन पहल गर्ने !
(ख) रोजगारिका लागि विदेश जांदा विदेश पठाउने सम्बंधित menpower कम्पनीले अर्थात ढ़ाटी फरक किसिमको काम र सुविधा देखाई पठाएको परमानित भएमा सम्पूर्ण क्षतिपूर्ति सम्बंधित menpower कम्पनीले ब्य्होरने गरी आएको ३ महिना भित्र यथाशीघ्र नेपाल पठाउने पहल गर्ने !
(ग) साउदी अरबको कारागारमा वर्षों देखि वन्दी जीवन गुजारीरहेको मिथिलावासी एवं नेपालीहरुको उद्धारको लागि साउदी अरब स्थित नेपाली राजदुतावास र परराष्ट्र मन्त्रालयको ध्यानाकर्ष्ण गराउने !
(घ) यस मिथिला एकता समाज लाई प्राप्त सुचनाको आधारमा विभिन्न दुर्घटनामा परी मृत्यु भएका नेपालीहरुको मृत शरिर (शव) विभिन्न कारन वस महीनौ देखि अलपत्र परिरहेका छन ! जे जसरी मृत्यु भएको भएपनि प्रक्रिया पुर्याई सम्बंधित निकाय नेपाली राजदुतावास संग संपर्क गरी मृत शरिर लाई उसको घर-परिवार सम्म पुर्याउन र उचित क्षतिपूर्ति उपलब्ध गराउन पहल गर्ने !
११.राजदुतावास संगको सहकार्य :-
(क) हाम्रो संस्था मिथिला एकता समाज द्द्वारा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम को जानकारी साउदी अरब स्थित नेपाली राजदुतावास लाई गराई सो को आधारमा आवश्यक क़ानूनी सहयोग,सलाह र परामर्श लीइनेछ !
(ख) रोजगारीको सिलसिलामा आएका नेपाली (महिला-पुरुष) कामदारलाई परेको समस्याको समाधानको लागि यहाँ को सरकार संग आवश्यक कूटनैतिक सहयोग र परामर्शको लागि दूतावास संग सहकार्य गरिने छ
१२.सुचना तथा संचार :-
(क) साउदी अरबमा भएका मिथिलावासी एवं सम्पूर्ण अप्रवासी नेपालीहरु लाई नेपाल को महत्वपूर्ण गतिविधि र मुख्य समाचारहरु सामाजिक संजाल जस्तै:-facebook, web site र मिथिला एकता समाजको ब्लॉग www.mithilaektasamaj.blogspot.com
मार्फ़त जानकारी गराईनेछ !
(ख)यस मुलुकमा नेपालीहरु संग सम्बंधित घटना,दुर्घटना को बारेमा नेपालमा रहेका राष्ट्रिय संचार माध्यम द्वारा प्रसारण गराउने प्रयत्न गरिनेछ !
(ग)यस मुलुकमा नेपाली संघ संस्था द्वारा कुनै पनि किसिमको औपचारिक वा अनौपचारिक कार्यक्रम को आयोजना भएमा विभिन्न पत्र पत्रिका वा संचार माध्यम वा सामाजिक संजाल द्वारा सबैलाई जानकारी गराउने प्रयत्न गरिनेछ !
१३.दाईजो प्रथाको उन्मूलन तथा भूर्ण हत्याको रोकथाम :-
विश्व जगत २१औं सताब्धिमा चलिरहेको अवस्थामा पनि हाम्रो समाज संकुचित र संकीर्ण मानसिकता बाट अलग हून नसकि दाईजो प्रथालाई आफ्नो शान र प्रतिष्ठा ठानी यस प्रथालाई बढ़ाबा दिरहेको छ ! तुलनात्मक रुपमा नेपालको विभिन्न ठाऊ मध्य मिथिला लगाएत मधेशी समाजमा यसले जरानै गाड़ी सकेको पाईन्छ जसको कारन धनि गरीब छोरा-छोरी श्रीमान श्रीमती विचको विभेदकारी दुरी अझ बढ़ने अबस्था देखिन्छ ! दाईजो कै कारन विवाह पश्चात् पनि एउटा स्वच्छ स्त्री आफनै श्रीमान,घरपरिवार,आफन्त र समाज बाटै अपहेलित र घृणित बन्न पुग्छे ! भने कतिपय यस्तो पनि सुन्न पाईन्छ दाईजो कै कारन बुहारी को हत्या गरिएको र कतिपयले अपहेलना को कारन आत्म हत्या गर्न बाध्यात्मक स्थिति आएको पाईन्छ !
दाईजो कै कारन भूर्ण पहिचान गरी छोरी भएमा भूर्ण हत्या र छोरी जन्मिएमा शिशु हत्या सम्मका गंभीर अपराधले बढ़ाबा पाउने गरेका छन ! यदि समय मै यसलाई रोक्न सकिएन भने भोली नारी माथिको दमन अत्याचारको साथै हाम्रो समाजमा सृष्टी सृजन गर्ने आमहरुको आभाव हुन सक्छ !जस बाट सृष्टी संचालन मा अवरोध नहोला भन्न सकिन्न !
यस संकीर्ण र संकुचित प्रथाको अन्त्यगर्न को लागि आज को युवा वर्गले मुख्य जिम्मेवारी वहन गरी आफै बाट दईजो प्रथालाई निरुत्साहित गर्नु अपरिहार्य छ ! जसका लागि यो संस्था मिथिला एकता समाजले (दहेज़ मुक्त मिथिला) संस्था संग सहकार्य गर्ने पूर्ण प्रतिवद्धता जनाउदछ !
१४.अन्तत: यस पवित्र मिथिला एकता समाजलाई सदैब क्रियाशील बनाईरहनको लागि भ्रष्टाचार मुक्त र राजनितिक मुक्त संस्थाको रुपमा संचालन गरिने प्रतिबद्धता जनाउदछ !
-: समाप्त:-

सोमवार, 30 जुलाई 2012

कार्यकारिणी समिति (विवरण आ "शपथ-ग्रहण पत्र) - " मिथिला एकता समाज-साउदी अरब रियाद"

कार्यकारिणी समिति आ शपथ-ग्रहण पत्र
अध्यक्ष : श्री रुकेश कुमार शाह
उपाध्यक्ष : १. नबल किशोर मंडल उपाध्यक्ष २...........
सचिव : १. श्री नीरज राय सचिव २. मनोज कुमार शाह
कोषाध्यक्ष :१ श्री चंद्रशेखर शाह सहकोषाध्यक्ष :२ अनिल गिरी
प्रवक्ता : १. .......... प्रवक्ता २.................
सल्लाहकार : १. श्री श्रवण शाह . श्री सुनील प्रसाद गुप्ता . श्री नीर बहादुर सुनुवार . श्री नागेन्द्र यादब ५. श्री भोला यादब
कानुनी सल्लाहकार : ....................
विशिष्ट कार्यकारिणीस सदस्य: १. श्री सुजीत कुमार शाह २. श्री बिजय कुमार महतो . श्री डिल्ली लिम्बू . श्री कुल बहादुर श्रेष्ठ ५. श्री तुनई महतो
उपरोक्त पद के लेल अधिकार विवरण........
अध्यक्ष के अधिकार: मिथिला एकता समाजक हरेक गतिविधि पर संस्थाके हितके ध्यान में रखैत समग्र दृष्टिकोण के निर्णायक। अध्यक्षके सामान्यतया हर फैसला अन्तिम, मुदा अध्यक्ष के रूपमें फैसला यदि कार्यकारिणीके दु-तिहाई सदस्य द्वारा अनुचित ठहरायल गेल तऽ ओ फैसला में बदलाव संभव। बदलाव लेल नव प्रस्ताव अवधारणाके प्रस्तुति एवं वोटिंगके मार्फत फैसला।
अध्यक्ष के कर्तब्य: मिथिला एकता समाजक उद्देश्य प्राप्ति हेतु पूर्ण समर्पित भावना संग ग्रुप पर निरंतर विचार प्रवाह एवं संस्थाके लेल आगामी समय में कार्य योजना निर्माण केनै। हरेक योजना के प्रस्ताव प्रस्तुति एवं कार्यकारिणीके सहमति आवश्यक। कोनो प्रस्तावपर सभ कार्यकारिणी सदस्यके स्वतंत्र मत एवं बहुमतके फैसला सर्वमान्य।
उपाध्यक्ष १ (प्रशासन) एवं उपाध्यक्ष २ (कार्यविधि) के अधिकार: मिथिला एकता समाजक अध्यक्षके अधिकार प्रति समर्पण एवं सहयोग। कोनो प्रस्तुति अध्यक्ष प्रति संबोधन करैत प्रस्तुति एवं अध्यक्षके सहमति सऽ आम प्रस्ताव के रूपमें पारित करैत सभके सुझाव एवं पारित लेल प्रस्तुतिके अधिकार। अध्यक्ष के असहमति के स्थितिमें एक साधारण सदस्यके रूपमें प्रस्ताव प्रस्तुति एवं कार्यकारिणीके द्वारा वोटिंगके मार्फत निराकरण।
उपाध्यक्ष के कर्तब्य: अध्यक्ष द्वारा प्रस्तुत वा आम सहमति सऽ पारित कोनो प्रस्ताव के अनुरूप विधि व्यवस्थापन में सक्रिय भूमिका निर्वहन। महीनामें कम से कम एक कार्य-योजना के लेल अपन विचार प्रस्तुति।प्रशासन संग सम्बन्धित उपाध्यक्ष फेशबुक पेज (वा वेबसाइट) लेल योजना निर्माण, कार्यविधि संग सम्बनधित उपाध्यक्ष मिथिलावासी लगायत सम्पूर्ण नेपाली संस्था प्रमुख संग जुड़िके कार्य योजना निर्माण आ प्रस्ताव प्रस्तुति केनै।
प्रवक्ता के अधिकार: संस्था के हर आधिकारिक घोषणा सार्वजनिक फोरम पर एवं मिडिया संग शेयर करैत संस्था के उतरोत्तर प्रगति लेल सकारात्मक संवाद संचरण करबाक पूरा अधिकार। अध्यक्ष एवं उपाध्यक्ष के सहमति साथ संस्थाके हितके सर्वोपरि मानैत मात्र कोनो सार्वजनिक घोषणा के अधिकार।
प्रवक्ता के कर्तब्य: संस्थाके द्वारा फेशबुक वा अन्यत्र कैल जा रहल विभिन्न कार्यक्रम के लेल विस्तृत व्योरा प्रस्तुत केनै। हर सप्ताह एक विज्ञप्ति जारी केनै जाहिमें संस्थाके द्वारा कैल जा रहल अनेको कार्यक्रम एवं दृष्टिकोण समाहित रहय।
कोषाध्यक्ष १.(कोषब्यबस्थापण )सहकोषाध्यक्ष २. ( कोष संकलन ) के अधिकार :- संस्था के हित में कैलगेल आयोजन,कार्यक्रम आ विचार गोष्ठी में कोषक रासी खर्च करबाक अधिकार अछि समिति के अनुमति अनिबार्य चाही !
कोषाध्यक्ष एवं सहकोषाध्यक्ष के कर्तव्य :- संस्थाक सम्पूर्ण आय व्यय के लगत राखब आ समय-समय सं पारदर्शिता विवरण पेश करबाक अनिबार्य अछि !
सचिव १ (प्रशासन) एवं सचिव २ (कार्यविधि): संस्थाके हितमें उपरोक्त समस्त पदेन अधिकारी द्वारा कैल गेल वा कैल जा रहल प्रस्तावन, कार्य योजना, कोष संकलन योजना एवं हर क्रियाके आलेख संकलन करैक अधिकार। सचिव १ - उपाध्यक्ष १ संग सीधा जुड़ल। सचिव २ - उपाध्यक्ष २ संग सीधा जुड़ल।
सल्लाहकार १, २, ३,४ एवं ५ : संस्थाके हित के निर्धारण लेल समग्र सुझाव एवं कार्यविधिपर नजर राखैत सुझाव देबाक अधिकार।
सल्लाहकारके कर्तब्य: संस्थाके हितके सर्वोपरि मानैत ईमानदार एवं प्रतिबद्ध सहयोग देबाक लेल तत्पर रहनाइ।

शपथ-पत्रके प्रारूप:
हम .................. पुत्र ....................... स्थायी पता.................. वर्तमान पता ........... जे मिथिला एकता समाज नामक संस्थाके ................... पद पर ............ दिनके चुनाव द्वारा चुनल गेलहुँ से मानवताके सर्वोपरि धर्मके नाम पर शपथ खाइत छी जे हम अपन पद के गरिमा आ संस्थाके गोपनीयता बरकरार रखैत अपन पूर्ण समर्पण भाव सहित संस्थाके बेहतरी लेल कार्यरत रहब। संस्थाके हर नियम प्रति हमर निष्ठा बरकरार राखब एवं संस्थाके हर निर्णय के हम सर्वमान्य बूझब।
सभ मनोनीत सदस्यगण सँ निवेदन जे निचा टिप्पणी के रूप में अपन - अपन शपथ-ग्रहण पत्र पेश करी...
धन्यवाद...

बुधवार, 20 जून 2012

गजल
हम कहानी जीवन केर सुनाऊ कोना
करेज चिर कs घाऊ हम देखाऊ कोना

... नाम हुनके जपैतछि जे देलक दगा
द्गावाज प्रीतम सँ दिल लगाऊ कोना

चमकैत रूप पाछू जे भागल दीवाना
ओहन दगावाज के हम मनाऊ कोना

विछोडक पीड़ा सँ सुल्गैत अछि करेज
धुँवा धुँवा अछि जीनगी बताऊ कोना

विसरल नै जाईए ओ मिलनक पल
प्रीतमक ईआद दिल सँ भगाऊ कोना

जरल करेज में प्रेम जगाएब कोना
दिल में प्रेमक दीया आब जराऊ कोना

वर्ण-१५------
रचनाकार-प्रभात राय भट्ट

शनिवार, 9 जून 2012

गजल@प्रभात राय भट्ट



गजल

अप्पन जीनगी के अप्पने सजाएल करू
अप्पन स्वर्णिम भविष्य रचाएल करू

राह ककर तकैत छि इ व्यस्त जमाना में
अप्पन राह के कांट खुद हटाएल करू

बोझ कतेक बनल रहब माए बाप कें
कर्मशील बनी कय दुःख भगाएल करू

असफलता सं लडै ले अहाँ हिमत धरु
कर्मक्षेत्र सं मुह नुका नै पडाएल करू

हार मानु नै जीनगी सं जाधैर छै जीनगी
जीत लेल अहाँ हिमत के बढ़ाएल करू

चलल करू डगर सदिखन एसगर
ककरो सहारा कें सीढ़ी नै बनाएल करू

उलझन बहुत भेटत जीवन पथ में
पथिक बनी उलझन सोझराएल करू

हेतए कालरात्रिक अस्त नव-प्रभात संग
अमावस में आशा के दीप जराएल करू

------------वर्ण -१६------------
रचनाकार:-प्रभात राय भट्ट