अधिकार नदिने हो भने स्वतंत्रता देऊ@प्रभात राय भट्ट
नेपाल को राजनीति
भुमंडलमा दोहरो चरित्र भएका नेताहरुको चरितार्थ बाट सिधासोझा गरिब र निमुखा मधेशी
जनताहरु पटक पटक ठगिएको छ नेपालको उदयकाल देखि हाल सम्म मधेशी जनताहरु माथि
विभेदपूर्ण एन नीति नियम र असमानता को कानुन बनाई मधेशीहरु
लाई नागरिक अधिकार बाट टाढा राखिएको छ ! नेपाल र भारत एउटै समय मा स्वतन्त्रता
प्राप्त गरेकाहुन सन् १९४७ मा भारतले अंग्रेज लाई परास्त गरि स्वतन्त्रता प्राप्त
गर्यो यता नेपाल ले बि.स.२००७ मा राना शाशन लाई प्रस्ट गरि संबैधानिक प्रजातन्त्रको
स्थापना गर्यो ! भारत क जनता र नेताहरु इमान्दार एवं कर्मनिष्ठ भएका हुनाले आज
संसारको हरेक रंगमंचमा आफ्नो सम्पन र समृद्ध प्रतिभाको मन्चन गरि सकेका छन् भने
नेपालका राजनीति नेतृत्व र नेपाली जनता संकीर्ण र संकालू मानसिकताले कुण्ठित हुदै
आईरहेका छन् ! मधेशी लाई आफ्नो प्रतिभा देखाउन बाट वन्चित गरेका छन् जसले गर्दा
नेपालको शब्दकोष मा उनती प्रगति र विकाश भन्ने शब्द विलिन भैसकेको छ र नेपाल
दिनानुदिन अवउनोती को रसातलमा पतन हुने तिर तिब्र गतिले लम्किदै गईरहेको छ ! जसको
प्रमुख कारण हो नेपाली राजनेताहरु को स्वार्थलिप्सा र यिनीहरुको नेतृत्व उच्चवर्गीय
समन्तिबाद हरु बाट नै प्रवाहित भएको देखिन्छन !
कस्तो
अचम्भ लाग्ने कुरा छ भने देशको कुल जनसंख्या को लगभग २० प्रतिसत मात्र रहेका
पहाडिया बाहुन छेत्रीहरुले सम्पूर्ण देश माथि बदनियतपूर्ण मनसायले एकलौटी कब्जा
गरेका छन् बाँकि रहेको ८० प्रतिसत नेपाली जनता दास र दासी को जीवन गुजार्न बाध्य
छन् ! आदिवासी जनजाती पिछडा वर्ग लगायत देशकै कुल जनसंख्याको ५२ प्रतिसत रहेको
मधेशी समुदाय समेत अल्पसंख्यक खस सामन्तीहरुको दासत्व स्वीकार्न बाध्य छन् ! पहिलो
पल्ट मधेशी जनताहरुले खस सामन्तीहरुको विरुद्धमा ६२/६३ को जनआन्दोलन देस
ब्यापीरुपमा गर्यो र आन्दोलन निर्णायक तह सम्म पुग्ने वेलामा दोहरो चरित्र बोकेका
नेताहरुले मधेश मुद्दा लाई सम्बोधन गरेर आन्दोलन लाई ओझेलमा पारिदियो ! नत्र आज
मधेशीले राज्य संग दयाको भिखमांगने अबस्था रहदैनथ्यो !
यथास्थितिबाद का संग्रक्षकहरुले मधेशीहरु लाई जन्मशिद्ध अधिकार र राष्ट्रिय
पहुँच बाट दिर्घकाल सम्म टाढा राख्ने सुनियोजित चलखेलमा लागिपरेका छन ! मधेशीले
आफ्नो अधिकार मांग्दा राष्ट्रघाती मांग हो भनेर वहिस्कार गर्दछन
! मधेशी नेताले मधेशीहरुको राष्ट्रिय पहिचान बनाउन खोज्दा राष्ट्रद्रोह को अभ्योग
खेप्नु परेको छ मधेशी नेताले मधेशी जनताको मर्म दुख सरकार सम्म पुर्याउन लाई एक
वर्ष कुड़दा पनि पालो पाउदैन यस्ता अनेक किसिमका समस्या मधेशीहरुले सामना गर्नु
परेको छ !
लोकतन्त्र
नेपालको अन्तरिम संविधानले आदेस गरे बमोजिम नेपाली सेना लाई पुनर्संरचना गरि
राष्ट्रिय सेना बनाउने र १०००० हजार मधेशी लाई सेनामा समुहगत समावेशी गराउने
पारित भएको थियो ! र जब आज त्यो समय आयो त्यसपछि दोहरो चरित्रका पृष्ठपोषकहरुले
मधेशी लाई सेनामा समायोजन प्रक्रिया लाई राष्ट्रघाती को संज्ञा दिई अपमानित
गरिरहेको छ ! धेरै कसरत हुदाहुदै अन्तिम मा मधेशी लाई सेनामा हाल रिक्त रहेको तिन
हजार संख्या मा मात्र समायोजन गर्ने निर्णय मन्त्रि परिसद बाट पारित भयो ! मधेशी
हरु यसलाई पनि सकारात्मक पक्ष नै मान्यो तर उच्चवर्गीय छ्द्म्भेदी सामन्तीहरु मधेशी
लाई सेनामा समायोजन गर्ने विषय लाई पटक पटक राष्ट्रघाती भन्दै नाटकीय राष्ट्रवाद
को मुदा उठाएर चर्को विरोद्ध गर्न उद्धत भएका छन !
जनसंख्याको आधारमा २०प्रतिसत मात्र रहेको बाहुन क्षेत्री नेपाल
सेनामा ३४००० हजारको संख्यामा छन भने ५२ प्रतिसत रहेको मधेशी नेपाल सेनामा नगन्य
संख्यामा छन ! यदि मधेसी लाई मधेशको पहिचान सहित सेनामा समावेशीकरण गर्ने कदम
राष्ट्रघाती हो भने मधेशी को यो राष्ट्र हुदै होइन भने तथ्य प्रस्ट झल्किन्छ !यदि
मधेशी लाई जन्मसिद्ध अधिकार,मौलिक हक, समानताको सु-अवसर र मधेश झल्किने खालको
राष्ट्रिय पहिचान दिन सक्दैन भने मधेशको भुमि र मधेशी जनतालाई स्वतन्त्र गर्दिनु
पर्छ ! अन्यथा मधेशीहरुले बाध्य भएर देश व्यापी रुपमा भिषण आन्दोलन गर्नेछन र देशले
ठुलो छती व्योहोर्नु पर्छ !
आफ्नै भुमिमा मधेशी जनताहरु माथि परतन्त्र शाषक को विभेदपूर्ण शाशकीय
पद्धति असहनीय भइसकेको छ ! देसको मेरुदण्ड भन्ने व्यबस्थापिका, कार्यपालिका
र न्यायपालिका यो तिन वटै निकायले मधेशीहरु माथि विभेदपूर्ण र उपेक्षाकृत
व्यवहार देखाउन कुनै कसर बाँकि राखेको छैन ! देस को सम्पूर्ण अर्थतन्त्र को
७८ प्रतिसत अर्थ मधेश बाट पुरा हुन्छ मधेश अर्थतन्त्र को मेरुदण्ड हो,मधेश आर्थिक
सम्पनताको मूल स्रोत हो तर मधेशी जनताको जीवन दयनीय छन ! देस लाई मधेश को उर्वरभूमि
चाहियो,मलिला माटो फाटीला खेत चाहियो तर मधेशी जनता चाहिएन ! राज्यले मधेशी को जगा
धन सम्पति लुटेर भुखा निमुखा गरिबी र दरिद्रता को सिकार बनाइएको छ ! मधेशी को जीवन
स्तर एउटा नारकीय जीवन भन्दा कम भन्न मिल्दैन !
लेखक:-प्रभात राय भट्ट
कोई टिप्पणी नहीं:
एक टिप्पणी भेजें